
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर दिवंगत पर्वतारोही निर्मल पूर्जा ‘निम्सदाइ’को अन्त्येष्टिमा सहभागी हुन सोमबार बेलायत गएकी छन्। पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी पूर्जाको मृत्यु भएको थियो। उनको अन्तिम संस्कार अगस्ट २६ मा बेलायतको मिल्टन एबीमा गरिनेछ। बेलायती नागरिकसमेत रहेका पूर्जाको अन्त्येष्टि बेलायतमै गर्ने परिवारको निर्णय हो।
पूर्जाको अन्तिम संस्कारमा सहभागी हुन सांसद डेबिड मिङ्मा शेर्पा पनि बेलायत जाने बताइएको छ। सांसद रानामगरले यसअघि संसद्मा पूर्जालाई राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने माग गरेकी थिइन्। उनले पूर्जासहित ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको साहस र योगदानको प्रशंसा गरेकी छन्। उनीहरूको योगदानले नेपालको पर्वतारोहणलाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे