
काठमाडौं । भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङमा भइरहेको उद्धार अभियान आफ्नो जीवनकै कठिन परीक्षा भएको बताएका छन् ।
अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्स अहिले नेपालमै बसेर उद्धार टोलीलाई प्राविधिक सहयोग र नेतृत्व दिइरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपालमा एउटै ठाउँमा मात्र नभई विभिन्न सुरुङमा एकैपटक उद्धारको सम्भावना खोज्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रत्येक स्थानमा फरक जोखिम र अनिश्चितता रहेको उनको भनाइ छ ।
डिक्सका अनुसार कठिन अवस्था भए पनि उद्धारको प्रयास रोक्नु हुँदैन । सिल्क्यरा घटनाले कम सम्भावना र असम्भवबीचको फरक सिकाएको भन्दै उनले नेपालबाट अझ ठूलो पाठ सिकिरहेको बताएका छन् ।
उनले सुरुङभित्र हावा रहने सुरक्षित ठाउँ हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर विभिन्न स्थानमा खोजी भइरहेको बताए । उद्धार अभियान अन्तिमसम्म जारी राख्ने उनको प्रतिबद्धता छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे