
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फोन गरेर रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।
टेलिफोन कुराकानीका क्रममा रुबियोले बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारको तर्फबाट समवेदना व्यक्त गरेका थिए । उनले कठिन समयमा नेपालका जनता र सरकारसँग अमेरिका साथमा रहेको पनि बताएका थिए ।
वार्तामा रवि लामिछानेले रसुवा बाढीपछि सरकारले खोजी, उद्धार र राहतका लागि उपलब्ध सबै स्रोत तथा जनशक्ति परिचालन गरिरहेको जानकारी गराए । उनले बाढी प्रभावितको उद्धार र सहयोगलाई प्राथमिकतामा राखिएको बताए ।
लामिछानेले नेपालमा रहेका नेपालीसँगै विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि रुबियोलाई जानकारी गराएका थिए ।
कठिन परिस्थितिमा अमेरिकाले देखाएको सहयोग र ऐक्यबद्धताप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे