
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपद्को समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदले मात्र प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको बताएका छन् । उनले बाँकी सांसदहरू वास्तविक सहयोग गर्नुभन्दा देखावटी काममा लागेको आरोप लगाएका छन् ।
बाँस्कोटाले रास्वपाका सांसद श्रीराम न्यौपाने र सागर ढकाल विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेको उल्लेख गरेका छन् । तर, उनीहरूबाहेक अन्य सांसदहरू ‘ग्राउण्ड जिरो’ मा गएर काम गर्नुभन्दा प्रचार र देखावटी गतिविधिमा लागेको उनको दाबी छ ।
उनले सामाजिक सञ्जालमार्फत विपद्का कारण विद्युत् संरचना, सडक, पुल र सञ्चारका संरचनामा ठूलो क्षति पुगेको विषयमा पनि टिप्पणी गरेका छन् । उनका अनुसार बाढी र पहिरोले संरचना बगाएको अवस्थालाई विगतमा भएका विकास निर्माणको कामसँग जोडेर हेर्न सकिन्छ ।
बाँस्कोटाले प्रभावित क्षेत्रमा भइरहेका गतिविधिमाथि व्यङ्ग्य गर्दै धेरै प्रचारप्रसार हुँदा झर्को लाग्ने टिप्पणीसमेत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे