
काठमाडौं । भोटेकोसी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गठन गरेको समितिले यस्तो अनुमान गरेको हो ।
प्राधिकरणका अनुसार बाढीले सरकारी र निजी संरचनामा करिब ४ खर्ब रुपैयाँको क्षति पुर्याएको छ । सडक र पुल पुनर्निर्माणमा मात्रै करिब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । बाढीले ४२ पुल र ४० किलोमिटर सडकमा क्षति पुर्याएको छ ।
त्यस्तै, भवन पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ । पाँच जिल्लाका १५ स्थानीय तहमा ७ हजार ५७० सरकारी तथा निजी भवनमा क्षति पुगेको छ ।
बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजनामा समेत क्षति पुर्याएको छ । समितिले तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको योजना तयार गरिरहेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे