
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा सुरु भएको जेनजी आन्दोलन सुरुवातमा शान्तिपूर्ण रहेको बताएका छन्। तर, त्यस आन्दोलनलाई केही तत्वले आफ्नो स्वार्थका लागि प्रयोग गरेर भोलिपल्ट हिंसात्मक बनाएको उनको आरोप छ।
ओलीका अनुसार २४ भदौमा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालय तथा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भयो। उनले उक्त दिनको घटनालाई देशकै दुःखद र भयावह दिनका रूपमा स्मरण गरेका छन्।
उनले २४ भदौको घटनाका दोषीमाथि कारबाही किन नभएको र त्यससम्बन्धी प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका छन्। युवाहरूको माग र भावना सही भए पनि आन्दोलनको हिंसाबाट अन्य पक्षले फाइदा उठाएको उनको भनाइ छ। अहिले पनि युवामा निराशा रहेको भन्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितका लागि सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे