
काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा हुनेछ । बैठकमा कानुनमन्त्री सोबिता गौतमले नेपाल कानुन आयोगसम्बन्धी संशोधन विधेयक र मेलमिलापसम्बन्धी संशोधन विधेयकमाथि छलफलका लागि प्रस्ताव पेस गर्नेछिन् । साथै, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता लिने प्रस्ताव पनि संसद्मा प्रस्तुत हुने सम्भावना छ ।
त्यस्तै, राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ । बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को पुरानो व्यवस्था पुनः लागू गर्ने विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदन पेस गरिनेछ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यभार तोकिएको पत्रबारे पनि जानकारी गराउनेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे