
काठमाडौं । हालैको बाढीका कारण आपूर्ति प्रणालीमा समस्या आएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। समस्या समाधान गर्न सरकारले उपभोक्तालाई अर्को कम्पनीको ग्यास सिलिन्डर साटेर लिन सक्ने व्यवस्था गरेको छ।
उपभोक्ताले आफूले नियमित प्रयोग गर्ने कम्पनीको ग्यास नपाएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर लिएर ग्यास प्रयोग गर्न सक्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले यो व्यवस्था तत्काल लागू गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।
सरकारका अनुसार यो व्यवस्था हाल काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ। ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा सरकारी निर्देशन नमान्ने व्यवसायीमाथि कानुनअनुसार कडा कारबाही गरिने मन्त्री यादवले चेतावनी दिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे