
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएकी हुन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास उद्योगीलाई लक्षित गर्दै ‘पाता कस्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि मन्त्री यादव विवादमा परेकी थिइन्। उक्त अभिव्यक्तिको निजी क्षेत्र तथा व्यवसायी क्षेत्रबाट आलोचना भएको थियो।
ग्यास आपूर्तिको विषयमा छलफल गर्न बसेको संसदीय समितिको बैठकमा मन्त्री यादवले उद्योगीहरूलाई कडाइ गर्नुपर्ने धारणा राखेकी थिइन्। उनको अभिव्यक्तिप्रति व्यवसायी क्षेत्रले आपत्ति जनाउँदै विपत्तिका कारण आपूर्ति प्रणाली प्रभावित भएका बेला उद्योगी–व्यवसायीलाई दोषारोपण गर्नु उचित नभएको प्रतिक्रिया दिएको थियो।
विवाद चर्किएपछि मन्त्री यादवले बिहीबार प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएकी हुन्। उनको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वबारे अब प्रधानमन्त्रीले आवश्यक निर्णय गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे