• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

३ घण्टा अघि
२

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

४ घण्टा अघि
३

नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

४ घण्टा अघि
४

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

४ घण्टा अघि
५

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

४ घण्टा अघि
६

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

१ दिन अघि
७

काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

१ दिन अघि
९

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

१ दिन अघि
१०

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१ दिन अघि
११

जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ

१ दिन अघि
१२

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र २५, बिहिबार (४ घण्टा अघि)

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

  • 546 Views
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एलपी ग्यासको आपूर्ति व्यवस्थाका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

    ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गरी उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने गरी मन्त्रीबाट आएको अभिव्यक्ति आपत्तिजनक, गैरजिम्मेवार र दुःखद् भएको महासंघले जनाएको छ। ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउने महासंघको ठहर छ।

    भोटेकोशी बाढीपछि पृथ्वी राजमार्गमा पहिरो जाँदा ग्यास बुलेटको ढुवानी प्रभावित भएको अवस्थामा उद्योगी–व्यवसायी सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा सक्रिय रहेको महासंघले स्मरण गराएको छ। यस्तो परिस्थितिमा निजी क्षेत्रलाई नै सार्वजनिक रूपमा दोषारोपण गर्दा विपद्को समयमा सरकार र व्यवसायीबीचको सहकार्यमा समेत नकारात्मक असर पर्न सक्ने महासंघको भनाइ छ।

    प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै राहत, उद्धार, पुनःस्थापना तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन निरन्तर योगदान गर्दै आएको महासंघले जनाएको छ। निजी क्षेत्रलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने अभिव्यक्तिले उद्योगी–व्यवसायीको मनोबलमा असर पार्नुका साथै सरकार र निजी क्षेत्रबीचको विश्वासमा समेत दरार आउन सक्ने उसको भनाइ छ।

    महासंघले नेपालमा ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको, उद्योग खारेज गर्नुपर्ने वा दुई वटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने धारणा पनि यथार्थपरक नभएको स्पष्ट पारेको छ। सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा अभिभावकीय, नियामकीय, सहजकर्ता र समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने महासंघको धारणा छ।

    निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु, लगानीको सुरक्षा सुनिश्चित गर्नु र व्यवसाय सञ्चालनमा रहेका अवरोध हटाउनु सरकारको प्रमुख जिम्मेवारी भएको महासंघले जनाएको छ। उद्योगी–व्यवसायीलाई दोषारोपण गर्नुभन्दा उद्योग स्थापना र सञ्चालनका समस्या पहिचान गरी नीतिगत, प्रशासनिक, वित्तीय तथा पूर्वाधारगत सुधारमा सरकार केन्द्रित हुनुपर्ने उसको सुझाव छ।

    कानुन तथा विधेयक निर्माणका क्रममा कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्रीको अभिव्यक्तिप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निजी क्षेत्रले नीति, ऐन तथा नियम निर्माणका क्रममा दिने सुझाव र सहभागितालाई अनुचित प्रभाव वा मिलेमतोका रूपमा चित्रण गर्न नहुने उसको धारणा छ।

    महासंघका अनुसार कुनै पनि नीति, ऐन, नियम तथा कानुन निर्माण गर्दा त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक हुन्छ। यस्ता निर्णय वस्तुगत आधारमा गरिनुपर्नेमा पनि महासंघले जोड दिएको छ।

    ‘नेपालमा उद्योग सञ्चालन गर्न गाह्रो छ’ भन्ने मन्त्रीकै अभिव्यक्तिले मुलुकमा उद्योग तथा व्यवसाय सञ्चालनमा विद्यमान चुनौतीलाई पुष्टि गरेको महासंघको भनाइ छ। उद्योग स्थापना तथा सञ्चालनमा समस्या भए त्यसका कारण पहिचान गरी नीतिगत, प्रशासनिक, वित्तीय तथा पूर्वाधारगत सुधार गर्नु सरकारको प्राथमिकता हुनुपर्ने महासंघले जनाएको छ।

    महासंघले कच्चा पदार्थ आयातमा लाग्ने भन्सार दर र तयारी वस्तु आयातमा लाग्ने भन्सार दरबीच पर्याप्त अन्तर नहुँदा स्वदेशी उद्योगले आयातीत तयारी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको विषय पनि उठाएको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि कच्चा पदार्थ र तयारी वस्तुबीच कम्तीमा दुई तहको भन्सार दर अन्तर कायम गर्नुपर्ने महासंघको धारणा छ।

    स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन लागत घटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक नीतिगत सुधार अघि बढाउन सरकार केन्द्रित हुनुपर्ने महासंघले सुझाव दिएको छ।

    महासंघले सरकार र निजी क्षेत्रलाई एकअर्काका प्रतिस्पर्धी नभई मुलुकको आर्थिक विकासका साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएको छ। सरकार बलियो हुनुका साथै सरकार र निजी क्षेत्रबीचको विश्वास पनि बलियो हुनुपर्ने भन्दै महासंघले समस्या समाधानका लागि परस्पर सम्मान, विश्वास र निरन्तर संवाद आवश्यक रहेको जनाएको छ।

    महासंघले निजी क्षेत्रलाई दोषारोपण गरेर नभई विश्वासमा लिएर मात्रै उद्योग, उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रलाई अघि बढाउन सकिने जनाएको छ। मुलुकको अर्थतन्त्रलाई वर्तमान चुनौतीबाट बाहिर निकाल्न दोषारोपणभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र टकरावभन्दा संवाद आवश्यक रहेको महासंघको निष्कर्ष छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
    ३ घण्टा अघि

  • २

    विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
    ४ घण्टा अघि

  • ३

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी
    ४ घण्टा अघि

  • ४

    ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति
    ४ घण्टा अघि

  • ५

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात
    ४ घण्टा अघि

  • ६

    भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
    १ दिन अघि

  • ७

    काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
    १ दिन अघि

  • ९

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
    १ दिन अघि

  • १०

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

    नेपाल नक्सा
    ५

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ६

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution