• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

३ घण्टा अघि
२

विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

४ घण्टा अघि
३

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

५ घण्टा अघि
४

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

१ दिन अघि
५

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर

१ दिन अघि
६

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

१ दिन अघि
७

प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान

१ दिन अघि
८

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

१ दिन अघि
९

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च

२ दिन अघि
१०

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

२ दिन अघि
११

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

२ दिन अघि
१२

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार (३ घण्टा अघि)

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

  • 533 Views
  • काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ।

    सडक खुलाउने क्रममा गरिएको परीक्षण सफल भए पनि सडकको सतहमा ग्राभेल बिछ्याउने, पानी निकासका लागि सतहगत निकास प्रणाली निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेले बताए।

    उनका अनुसार आइतबार कृष्णभीरमा एक चरणको ट्र्याक खोलिएको थियो। उपलब्ध ग्यास बुलेटलाई ट्र्याक पार गराएर सडकको भार तथा सञ्चालनसम्बन्धी परीक्षणसमेत गरिएको थियो। परीक्षण सफल भए पनि आवश्यक प्राविधिक काम पूरा नभइसकेकाले तत्कालका लागि यातायात पुनः रोकिएको उनले जानकारी दिए।

    कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर सडक सञ्चालनको योजना बनाएको हो। पहिरोतर्फको भित्ताबाट सडक खन्दै तत्काल यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको न्यौपानेले बताए।

    सुरुमा एक लेनको ट्र्याक खोल्ने र त्यसलाई विस्तार गर्दै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। सडक सञ्चालनका लागि ग्राभेल बिछ्याउने तथा पानी निकासको व्यवस्था गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।

    सक्रिय पहिरो क्षेत्रमा पानी जम्न नदिन फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत पानी निकासको व्यवस्था गरिने विभागले जनाएको छ। यी काम पूरा भएपछि असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताए।

    यद्यपि सडक सञ्चालनपछि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा तत्कालको अवस्था मूल्यांकन गरी यातायात सञ्चालनबारे निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने उनले स्पष्ट पारे।

    भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले नदी कटान थप बढाउँदा परेवाभीर, कृष्णभीरलगायत स्थानमा सडकको तल्लो भागसमेत बगेको सडक विभागले जनाएको छ। नदीको सतह बढ्नुका साथै निरन्तरको कटानले राजमार्गका विभिन्न स्थानमा सडकको संरचनामा क्षति पुगेको विभागको भनाइ छ।

    न्यौपानेका अनुसार भदौ १० गतेको भोटेकोशी बाढीले पृथ्वी राजमार्गका केही खण्डमा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको बाढीले नदी कटान थप बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो।

    बाढी तथा पहिरोको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।

    बाढी तथा वर्षाको अवस्था सामान्य भएपछि पृथ्वी राजमार्गको विस्तृत प्राविधिक मूल्यांकन गरिने न्यौपानेले बताए। मूल्यांकनका आधारमा प्रभावित खण्डमा आवश्यक मर्मत, सुधार तथा पुनर्निर्माणका काम अघि बढाइनेछ।

    सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था निरन्तर मूल्यांकन गरिरहेको जनाएको छ। तत्काल यातायात सञ्चालनका लागि आवश्यक कामसँगै दीर्घकालीन रूपमा सडक संरचनालाई सुरक्षित र दिगो बनाउने उपायसमेत अघि बढाइने विभागको भनाइ छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी
    ३ घण्टा अघि

  • २

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल
    ४ घण्टा अघि

  • ३

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र
    ५ घण्टा अघि

  • ४

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने
    १ दिन अघि

  • ५

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर
    १ दिन अघि

  • ६

    ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड
    १ दिन अघि

  • ७

    प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान
    १ दिन अघि

  • ८

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड
    १ दिन अघि

  • ९

    अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च
    २ दिन अघि

  • १०

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ४

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ५

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

    नेपाल नक्सा
    ६

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution