
काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेकी छन्। यसअघि सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई धेरैले सम्बन्धविच्छेदको संकेत माने पनि रञ्जिताले आफू डिभोर्सका लागि नभई बहुविवाहसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन लागेको स्पष्ट पारेकी छन्।
रञ्जिता र रेशमका एक छोरा छन्। रञ्जितासँग कानुनी रूपमा सम्बन्धविच्छेद नगरी रेशमले आशा चौधरीसँग दोस्रो विवाह गरेको दाबी गरिएको छ। आशातर्फ रेशमकी एक छोरी छिन्। अहिले रेशम आशा र छोरीसँग बर्दियामा बस्दै आएका छन् भने रञ्जिता छोरासँग काठमाडौंमा बस्दै आएकी छन्।
रेशम र आशाको विवाह कानुनी रूपमा दर्ता हुन नसकेको बताइएको छ। उनीहरूले विवाह दर्ताको प्रयास गरिरहेको जानकारी पाएपछि रञ्जिताले कानुनी कदम चाल्न लागेकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे