
काठमाडौं । रसुवामा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी गर्ने क्रममा बुधबार तीनवटा शव फेला परेका छन्।
नेपाली सेना, विदेशी विज्ञसहितको संयुक्त टोलीले सुरुङसम्म पुग्न निकै कठिन क्षेत्रमा काम गरेको थियो। हेलिकप्टरबाट स्याफ्रूबेसीमा पुर्याइएको एक्साभेटर र लोडर प्रयोग गरेर चट्टान हटाउँदै करिब १ हजार ५० मिटर बाटो बनाइएको थियो।
सुरुङभित्र लेदो र पानी भरिएकाले उद्धारमा कठिनाइ भएको थियो। पानी निस्किएको ठाउँबाट गोताखोरसहितको टोली सुरुङभित्र प्रवेश गरी अन्तिम भागसम्म खोजी गर्दा तीन शव भेटिएका हुन्।
तीमध्ये दुई शव बाहिर निकालिसकिएको छ भने अर्को शव निकाल्ने काम भइरहेको सेनाले जनाएको छ। लेदो हटाउँदै टोली सुरुङको अर्को भागसम्म पुग्न सफल भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे