
काठमाडौं । सरकारले सुत्केरी तथा प्रसूति बिदाको अवधि बढाउने तयारी गरेको छ। हाल आमाले पाउँदै आएको ९० दिनको बिदालाई बढाएर ६ महिना पुर्याउने प्रस्ताव गरिएको छ। त्यस्तै, बाबुको १५ दिनको बिदालाई बढाएर ४२ दिन पुर्याउने प्रस्ताव छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि विधेयक तयार भइसकेको छ। अब विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेश गर्ने तयारी छ। प्रस्तावअनुसार आमाले कम्तीमा ६ महिना र बाबुले ४२ दिन तलबसहितको बिदा पाउनेछन्। बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी आमाबाबु दुवैको भएकाले परिवारलाई पर्याप्त समय दिन यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे