
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ सडक ट्र्याक खोल्ने काम पूरा भएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म ट्र्याक निर्माणको काम सकिएको हो। अब बिहीबारदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन नियमित रूपमा चल्न सक्ने बताइएको छ।
गत १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरको सडक कटान गरेपछि पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि यात्रु तथा चालकले लामो समयदेखि समस्या भोग्दै आएका थिए।
यसअघि २८ भदौमा केही ठूला तथा भारी सवारीसाधन चलाएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। तर, निर्माणको काम पूर्ण रूपमा नसकिएकाले नियमित रूपमा गाडी चलाउन दिइएको थिएन। अब ट्र्याकको काम सकिएपछि यातायात सहज हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे