
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको संकटका बेला बजारमा महँगी बढेको भन्दै सरकारको आलोचना गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्याज, चिनी, चामल र तेललगायत दैनिक आवश्यक सामानको मूल्य निकै बढेको बताए। महँगीका कारण सर्वसाधारणलाई दैनिक खर्च चलाउन गाह्रो भएको उनको भनाइ छ।
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहलाई शुभकामना दिँदै प्रसाईंले कालोबजारी नियन्त्रण गर्न प्रभावकारी काम गर्न आग्रह गरे। उनले जनताले राहत पाउने गरी नयाँ ढंगबाट काम गर्न मन्त्रीलाई सुझाव दिए।
यसैगरी, काठमाडौंका सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने समस्या बढेको भन्दै उनले गृह र यातायात मन्त्रालयको ध्यानाकर्षण गराए। उनले ट्राफिक व्यवस्थापन सुधार गर्न सरकारसँग माग गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे