
काठमाडौं । निर्वाचन आयोगले दल परिवर्तन गरेर अर्को पार्टीमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा विभिन्न दलबाट निर्वाचित भएका यी जनप्रतिनिधिले पछि पार्टी परिवर्तन गरेका थिए। सम्बन्धित राजनीतिक दलबाट उनीहरूले दल त्याग गरेको जानकारी र निर्णय आयोगमा पुगेपछि कानुनअनुसार पद रिक्त गरिएको हो।
पद रिक्त हुनेमा मधेश प्रदेशका चार, कोशीका तीन, बागमतीका दुई र सुदूरपश्चिमका एक जना छन्। उनीहरूमा विभिन्न नगरपालिकाका वडाध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष रहेका छन्।
आयोगले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पार्टी त्याग गरेपछि निर्वाचित पद स्वतः रिक्त हुने व्यवस्था रहेको स्पष्ट पारेको छ। सम्बन्धित स्थानीय तहमा अब रिक्त पदअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे