
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। देशमा आएको प्राकृतिक विपत्तिका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति भएकाले उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति नियमित गर्न स्वदेशमै बस्ने निर्णय गरेका हुन्।
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले ऊर्जा संरचनामा ठूलो क्षति पुर्याएको छ। अझै धेरै मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारमा समन्वय गर्नुपर्ने अवस्था छ। साथै क्षतिग्रस्त विद्युत् संरचना मर्मत, प्रभावित ऊर्जा व्यवसायीलाई सहयोग र पुनर्निर्माणका कामलाई अघि बढाउनुपर्ने जिम्मेवारी मन्त्रालयसँग छ।
मन्त्री श्रेष्ठलाई सेप्टेम्बर १५ देखि १७ सम्म दक्षिण कोरियाको सियोलमा हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा बोलाइएको थियो। भ्रमणमा नेपाल विद्युत् प्राधिकरणका अधिकारी पनि सहभागी हुने तय भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे