
काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद जगदिश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोषको नाम ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न प्रधानमन्त्री वालेन्द्र शाहसँग आग्रह गरेका हुन्।
सांसद खरेलका अनुसार विपद् दैवले गराउने मात्र होइन। प्राकृतिक कारण वा मानिसका गतिविधिका कारण पनि विपद् आउन सक्छ। त्यसैले ‘दैवी प्रकोप’ शब्द उपयुक्त नभएको उनको भनाइ छ।
खरेलले यसअघि पनि संसद्मा कोषको नाम परिवर्तन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्मरण गराए। आफूले राखेको प्रस्तावबारे प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको उनले बताए। उनले विपद् पीडितलाई राहत दिने उद्देश्य स्पष्ट देखिने गरी कोषको नाम परिवर्तन गर्न पुनः आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे