
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथसँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका खनालले साइडलाइन भेटमा नेपाल–श्रीलंका सम्बन्धका विषयमा छलफल गर्नुभएको हो।
भेटमा दुवै मन्त्रीले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने विषयमा कुराकानी गरे। खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित मानिसहरूप्रति श्रीलंकाले देखाएको सहयोग र सहानुभूतिका लागि धन्यवाद दिनुभयो।
दुवै पक्षले व्यापार, पर्यटन, शिक्षा, संस्कृति, यातायात तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल गरे। साथै, दुई देशबीचका नियमित बैठकहरू आयोजना गरेर आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे