
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारको सुशासन र भ्रष्टाचार नियन्त्रणको कामप्रति प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारले सुशासन र समृद्धिको नारा दिएर चुनाव जिते पनि ठूला भ्रष्टाचारका घटनामा प्रभावकारी कदम चाल्न नसकेको बताएका हुन्।
भट्टराईले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। उनले सामान्य मानिसले सानो गल्ती गर्दा सजाय पाउने तर पहुँच र पैसा भएका व्यक्तिले ठूलो अपराध गरे पनि प्रमाण नहुँदा उम्किने अवस्था देखिनु चिन्ताजनक भएको बताएका छन्।
उनले नेपालको न्याय प्रणाली र कानुन कार्यान्वयनको शैलीमाथि पनि प्रश्न उठाएका छन्। देशलाई लामो समयदेखि विभिन्न तरिकाले आर्थिक रूपमा नोक्सान पुर्याउँदै आएका समूहविरुद्ध प्रभावकारी कारबाही नभएसम्म सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न कठिन हुने उनको धारणा छ। साथै, उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी प्रक्रिया र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे