
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्। नेपालमा आफ्नो कूटनीतिक कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
भारतीय विदेश सेवाका अनुभवी कूटनीतिज्ञ श्रीवास्तवलाई भारत सरकारले ३ जेठ २०७९ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो। उनी ११ असार २०७९ मा काठमाडौँ आएर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका थिए।
उनको सुरुको कार्यकाल तीन वर्षको थियो। तर, भारत सरकारले कार्यकाल थप गरेपछि उनी थप समय नेपालमा बसेर काम गरेका थिए। अब कार्यकाल पूरा भएपछि उनी स्वदेश फर्किन लागेका हुन्। बिदाइ भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा पनि कुराकानी भएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे