
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सरकारले बन्द उद्योग खोल्नुका साथै अहिले सञ्चालनमा रहेका उद्योगलाई पनि जोगाउन ध्यान दिनुपर्ने बताएकी छन्।
सरकारले विराटनगर जुट मिल र हेटौँडा कपडा उद्योगजस्ता बन्द उद्योग पुनः सञ्चालन गर्ने योजना अघि बढाएको छ। तर सञ्चालनमा रहेका उद्योग पनि विभिन्न समस्याका कारण संकटमा परेकाले तिनलाई टिकाउने नीति आवश्यक रहेको डाँगीको भनाइ छ।
उनले भारतले नेपाली जुटजन्य वस्तुमा लगाएको करका कारण नेपालका जुट उद्योग प्रभावित भएको बताइन्। उद्योग कमजोर हुँदा हजारौँ मानिसको रोजगारी गुम्ने र किसानले उत्पादन गरेको उखु बिक्री गर्न समस्या हुने उनको भनाइ छ।
त्यसैले भारतसँग कूटनीतिक छलफल गरेर नेपाली जुट उद्योगलाई सहयोग र संरक्षण गर्न उनले सरकारसँग आग्रह गरेकी छन्। उनले उद्योग र किसान दुवैलाई बचाउने गरी सरकारले स्पष्ट योजना बनाउनुपर्ने बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे