
काठमाडौँ । सम्भावित भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमानअनुसार २०८३ कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ।
इकाईले सातै प्रदेशका स्वास्थ्य आपतकालीन केन्द्रलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहन आग्रह गरेको छ। प्रत्येक प्रदेशमा २४ घण्टा सम्पर्कमा रहने आपतकालीन सम्पर्क व्यक्ति तोक्न पनि भनिएको छ।
त्यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि, स्वास्थ्य सामग्री र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। विपद्का बेला घाइते तथा प्रभावितलाई छिटो उपचार दिन एम्बुलेन्स सेवा प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।
स्वास्थ्य संस्थाले विपद्सम्बन्धी विवरण दैनिक रूपमा पठाउनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे