
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाही र प्रेस स्वतन्त्रतामाथि भएको भनिएको हस्तक्षेपबारे छलफल गर्न अन्य प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दैछ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिलाई बोलाइएको छ।
बैठकमा पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन, सरकारको जवाफदेहिता र विभिन्न घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने विषयमा छलफल हुनेछ। साथै, सरकारले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र संविधानको मर्मअनुसार काम गर्नुपर्ने विषयमा पनि दलहरूले आफ्नो धारणा राख्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे