
काठमाडौँ । सरकारले अब जग्गासम्बन्धी सेवा सबै स्थानीय तहबाटै उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहमा यस्तो सेवा सञ्चालन गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार अहिले ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा दिइँदै आएको छ। बाँकी स्थानीय तहमा पनि एक महिनाभित्र सेवा सुरु गर्ने सरकारको योजना छ। उनले सोमबार सामाजिक सञ्जालमार्फत नागरिकलाई जग्गासम्बन्धी कामका लागि टाढाका सरकारी कार्यालय धाउनुपर्ने अवस्था हटाउने उद्देश्यले यो निर्णय गरिएको बताएका छन्।
यो व्यवस्था लागू भएपछि नागरिकले जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट लिन सक्नेछन्। यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा लिन सहज हुने सरकारको अपेक्षा छ।
यसका लागि सरकारले स्थानीय तहलाई आवश्यक सहयोग गर्ने जनाएको छ। जग्गासम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध गराउनु सरकारको शासकीय सुधार योजनाको एक हिस्सा हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे