
काठमाडौँ । आज सोमबारदेखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नयाँ समय लागू हुनेछ। यो व्यवस्था देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा लागू हुने छ।
यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थाअनुसार अब कार्यालय समय एक घण्टा कम भएको छ।
तर, यो नियम शैक्षिक संस्थाहरूमा भने लागू हुने छैन। सेवाग्राहीले सरकारी कामकाजका लागि कार्यालय जाँदा नयाँ समयलाई ध्यान दिनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे