
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको विकास, विस्तार तथा सुधारका लागि निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे