
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले सुवेदीलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका थिए।
सुवेदीले नेप्से सञ्चालक समितिको सदस्य तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदबहाली गरेका छन्। उनको नियुक्तिसँगै नेपालको पुँजी बजारको प्रमुख कारोबार सञ्चालक निकाय नेप्सेको व्यवस्थापकीय नेतृत्वले नयाँ जिम्मेवारी पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे