
काठमाडौँ । काठमाडौं विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका शहरको सूचीमा तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८३ पुगेको छ। यो स्तर स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।
सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर ३२५ एक्यूआईसहित रहेको छ भने दोस्रो स्थानमा बंगलादेशको ढाका २५६ एक्यूआईसहित परेको छ। त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो र पाकिस्तानको कराँची १६७ सहित पाँचौँ स्थानमा छन्।
बढ्दो प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई बढी जोखिम हुने भएकाले सावधानी अपनाउन आवश्यक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे