
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई गंगाजल राखिएको घडा उपहार दिएका छन् । सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार दिएका हुन् ।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहारसमेत आदानप्रदान गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरसँग सम्बन्धित चन्दन, रुद्राक्ष र शालिग्राम राखिएको उपहार सेट दिएका थिए ।
दुई देशका प्रधानमन्त्रीबीचको भेटमा उपहार आदानप्रदानलाई धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ । यसले नेपाल र भारतबीचको पुरानो धार्मिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई समेत झल्काएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे