
काठमाडौँ । नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु भएको छ । सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै अयोध्याबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्ने कार्यक्रम छ । करिब ६०४ किलोमिटर दूरीको यो रेल सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ ।
रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, गोरखपुरलगायतका स्टेसनमा रोकिनेछ । यस सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन तथा यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यसअघि नेपाली भूमिमा भारतीय रेल सञ्चालन हुँदा सुरक्षा कसले गर्ने भन्ने विषयमा दुई देशबीच छलफल भएको थियो । अन्ततः सुरक्षा व्यवस्थापनसम्बन्धी विषय टुंग्याएर सेवा सुरु गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे