• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१९ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१९ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (४ साल अघि)

सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो : काठमाडौँ महानगर

  • 6,325 Views
  • काठमाडौँ २३ असार |फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

    नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।”एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताउनुभएको उहाँले स्मरणसमेत गराउनुभयो । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।

    “महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो”, सापकोटाले भन्नुभयो ।काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले सडक अतिक्रमणलाई नियन्त्रणा गर्ने काम महानगरले गरेको बताउनुभयो । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफुले स्वभाविकरुपमा लिएको उहाँको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताउनुभयो ।

    “सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो, आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ”, उहाँ भन्नुहुन्छ ।फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उहाँले बताउनुभयो । सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।

    उक्त घटनाको स्मरण गराउँदै उहाँले भन्नुभयो, “साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौँ, तर त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्र्दभ भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।” महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइएको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलङ्की, कालीमाटीलगायत छन् ।महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उहाँ बताउनुहुन्छ । पटक पटकको आग्रहलाई वेवास्ता गरेपछि महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।

    जफत गरिएका सामग्री लिलाम

    सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।चालु आवमा रु १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ । गत आवमा रु ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो । प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडालगायतका सामान रहेका थिए । यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ ।

    ‘फुटपाथको विकल्प चाहिन्छ’

    महानगरले नीतिको कुरा गरिरहँदा सडकमा नै व्यापार गरेर गुजारा गरिरहेका परिवारको व्यथा भिन्न छ । विगत १० वर्षदेखि सुन्धारको सडकमा कपडाको व्यापार गर्ने रामेछापकी ५३ वर्षीया मनमाया पौड्यालले सडक व्यापारले तीन जनाको परिवारलाई लालनपालन र छोराछोरीलाई पठनपाठन गरिरहनुभएको छ । अहिले परिस्थिति बदलिएपछि कति बेला नगर प्रहरी आएर सामग्री जफत गर्ने हो पत्तो नै नभएको उहाँ बताउनुहुन्छ ।“गाउँ छोडेको १५ वर्ष भयो, छोराछोरी ठूला भइसके, पुनः गाउँ जानका लागि छोराछोरी मान्दैनन्, आगामी दिनमा छोराछोरीको सहरमा बस्ने रहर पूरा गर्न कठिन छ”, उहाँले भन्नुभयो । फुटपाथमा व्यापार नगर भनिरहँदा महानगरले अन्य विकल्प खोजिदिनुपर्ने मनमायाको भनाइ छ ।

    सत्र वर्षदेखि डल्लुपुलको मुखमा फलफूलको व्यापार गर्दै आउनुभएका रामजनम मिश्रको समस्या पनि मनमायाको भन्दा फरक छैन । उहँको पनि फलफूलको टोकरी नगर प्रहरीले जफत गरेको धेरै पटक भइसक्यो । उहाँले पटकपटक जफत गरिएको सामानको जरिवाना तिर्दै फिर्ता ल्याउने गर्नुभएको छ । फलफूलको व्यापार गरेकै भरका रामजनमले चार छोराछोरीसहित छ जनाको परिवार पाल्दै आउनुभएको छ । आगामाी दिनमा पनि फलफूलको टोकरी जफत भए आफ्नो छ जनाको परिवारको गाँस टुट्ने भन्दै व्यापार गर्नका लागि अन्य वैकल्पिक स्थानको उहाँले माग गर्नुभएको छ ।महानगरले भने तत्कालका लागि उहाँहरुका लागि अन्य कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्नेबाहेक अरु विकल्प नभएको जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १९ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    १९ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution