• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

१६ घण्टा अघि
२

पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

१ दिन अघि
३

पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय

१ दिन अघि
४

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

१ दिन अघि
५

‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित

१ दिन अघि
६

साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

२ दिन अघि
७

मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

२ दिन अघि
८

राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन

२ दिन अघि
९

हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट

२ दिन अघि
१०

नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

३ दिन अघि
११

बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त

३ दिन अघि
१२

उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (३ साल अघि)

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा

  • 4,358 Views
  • काठमाडौँ , १ भाद्र |दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ। एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो।

    सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका (१० वर्षमुनिका कन्यालाई) पुज्दै आएको छ। समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो। यस वर्षको कन्या–पूजा कृष्ण जन्माष्टमी अर्थात् भदौ ३ गते करिब आठ हजार कन्याको पूजा गरी मनाइने समितिले जनाएको हो।

    ‘कोरोना महमारीका कारण बितेका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गर्‍यौँ, यस वर्षदेखि कन्या–पूजा कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौँ’, समितिका अध्यक्ष रोमगोपाल कायस्थले भने। उनकाे अनुसार कोरोनाको जोखिम न्यून हुँदै गएकाले कन्या–पूजा कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो।रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ। यस मान्यताका साथ काभ्रेको विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको थियो। विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिँदै आइएको छ। पछिल्ला केही वर्षदेखि जिल्लाको अन्य स्थानीय तहका बजार तथा बस्तीमा कन्या–पूजा गर्न थालिएको छ।

    इतिहासकारका अनुसार बनेपा नगरमा यो पूजाको इतिहास एक सय २० वर्ष पुरानो रहेको छ। बनेपामा वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ। नेवाः कन्या–पूजा नाम दिइएको एउटा टिकलवाला कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ। हिजो मंगलबार आयोजना गरिएको उक्त पूजामा करिब दुई हजार कन्या पुजिएको छ।अर्को बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा बर्सेनि करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन्। बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन्। दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ। यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ।

    सो दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए। उनका अनुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ भक्तजनले दान–दक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन्। पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ।पूजामा काभ्रेका मात्र नभई छिमेकी सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ। यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने–जाने प्रक्रिया चलिरहन्छ। बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन्।

    स्थानीय लम्बोदर कायस्थले रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको बताए। पछिल्ला केही वर्षदेखि जिल्लाको धुलिखेल, पनौती, भैँसेपाटी, धनेश्वर, दाप्चा, साँगा, दोलालघाट, नालालगायत विभिन्न स्थानमा बर्सेनि १५ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन्।

    अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएका बताइन्छ। कन्याहरूको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापन समेत गर्छन्।

    बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ। बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरु हुने गर्दछ।इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए। सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई समेत पुज्दै आइएको हो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद
    १६ घण्टा अघि

  • २

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च
    १ दिन अघि

  • ३

    पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय
    १ दिन अघि

  • ४

    नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक
    १ दिन अघि

  • ५

    ‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित
    १ दिन अघि

  • ६

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल
    २ दिन अघि

  • ७

    मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा
    २ दिन अघि

  • ८

    राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन
    २ दिन अघि

  • ९

    हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट
    २ दिन अघि

  • १०

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    २

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने

    नेपाल नक्सा
    ४

    अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    ६

    भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution