• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय

२९ मिनेट अघि
२

कीर्तिपुरमा निजी गाडीमा आगलागी,कारबाट एक जनाको शव निकालियो

१ घण्टा अघि
३

सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु

२ घण्टा अघि
४

प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै

३ घण्टा अघि
५

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा

३ घण्टा अघि
६

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने

३ घण्टा अघि
७

घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार

४ घण्टा अघि
८

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

४ घण्टा अघि
९

सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु

४ घण्टा अघि
१०

सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

१0 घण्टा अघि
११

मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

२१ घण्टा अघि
१२

६६ स्थानीय तहका भूमिहीनलाई जग्गाका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार (३ साल अघि)

सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

  • 5,161 Views
  • काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तारको काम सकिने भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ ।

    आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको छ ।

    यसअघि जापान सहयोग नियोग (जाइका)ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो । डिपिआरअनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लागत लाग्ने छ ।

    प्रतिवेदनअनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनाक–धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्ड साँगादेखि धुलिखेलसम्मको सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाको सिनियर डिभिजन इञ्जीनियर शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    काभ्रेपलाञ्चोक खण्ड साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी हो । उक्त खण्डको अनुमानित लागत रु चार अर्ब ८९ करोड रहेको आचार्यले बताउनुभयो । उहाँका अनुसार ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतसमेतको जिम्मा लिनुपर्ने छ । भदौमा प्रक्रिया सकेर आउँदो असोजमा सम्झौता हुने जनाइएको छ ।

    डिपिआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख छ । आचार्यका अनुसार आगामी कात्तिकबाट काम सुरु गर्न सकिन्छ । यस आयोजनाअन्तर्गत भक्तपुर खण्डअन्तर्गत साँगाबाट सुर्यविनायकसम्म छुट्टै बोलपत्र आह्वान गरिनेछ ।

    आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
    सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने जनाउँदै आइएको थियो ।

    उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले नगर्ने बताइसकेको छ । “बोलपत्र आह्वान भएको छ अब जाइकाले चासो दिएमात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ”, आचार्यले भन्नुभयो ।

    उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो । अध्ययनअनुसार उक्त दूरीमा छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छ । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे छलफलसमेत भइरहेको जनाइएको छ ।

    “सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ”, डिभिजन इञ्जीनियर आचार्यले भन्नुभयो । जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो ।

    सरकारले आव २०७७-७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई ब्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।

    सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् ।

    उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय
    २९ मिनेट अघि

  • २

    कीर्तिपुरमा निजी गाडीमा आगलागी,कारबाट एक जनाको शव निकालियो
    १ घण्टा अघि

  • ३

    सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु
    २ घण्टा अघि

  • ४

    प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै
    ३ घण्टा अघि

  • ५

    असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा
    ३ घण्टा अघि

  • ६

    अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने
    ३ घण्टा अघि

  • ७

    घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार
    ४ घण्टा अघि

  • ८

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै
    ४ घण्टा अघि

  • ९

    सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु
    ४ घण्टा अघि

  • १०

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    २

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

    नेपाल नक्सा
    ३

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

    नेपाल नक्सा
    ४

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

    नेपाल नक्सा
    ५

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

    नेपाल नक्सा
    ६

    श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution