
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। मंगलबार भिडियो सन्देश जारी गर्दै उनले यो घटना योजनाबद्ध रूपमा गराइएको दाबी गरेका हुन्। घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे सत्य तथ्य सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन्।
प्रसाईँले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउनु सबैको जिम्मेवारी भएको बताए। उनले कुनै पनि समस्या हिंसा वा द्वन्द्वबाट समाधान नहुने भन्दै सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे। साथै, आफूलाई मुस्लिम समुदायसँग कुनै विरोध नभएको र नेपालमा बसोबास गर्ने मुस्लिम दाजुभाइप्रति सम्मान रहेको बताए। तर केही बाह्य शक्तिले नेपालमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आफूलाई लागेको पनि उनले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे