• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

१0 घण्टा अघि
२

बडीमालिका मन्दिरमा भदौ १ देखि मेला, मुख्य पूजाअघि नै दर्शनको व्यवस्था

११ घण्टा अघि
३

सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

१२ घण्टा अघि
४

ट्रकमा लुकेर विमान बदलेको स्वीकारे ट्रम्पले

१३ घण्टा अघि
५

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

१३ घण्टा अघि
६

चलिरहेका उद्योग बचाउन पनि सरकार गम्भीर बन्नुपर्छ: कुलमान घिसिङ

१३ घण्टा अघि
७

आफ्ना ५ सन्तानको उपस्थितिमा रोनाल्डोले गरे जर्जिनासँग बिहे

१३ घण्टा अघि
८

राष्ट्रिय सभाको बैठक बस्दै

१४ घण्टा अघि
९

करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

१९ घण्टा अघि
१०

भ्रष्टाचार रोक्न अपराधीलाई कोर्रा हान्ने कानुन बनाउन राईको माग

१ दिन अघि
११

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन, ग्राहकलाई सेवा थप सहज हुने

१ दिन अघि
१२

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार (४ साल अघि)

एमसीसीको सवालमा असन्तुष्ट देखिएका नेताहरुविच भेटवार्ता तिव्र हुदै,

Political Leader against MCC

  • 5,225 Views
  • काठमाडौं, १८ फागुन । गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ ।

    व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

    पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए ।

    भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए ।

    बीबीसी नेपालीसँगको कुराकानीमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्ने सवालमा मतभेद देखिएको बारे भेटमा कुरा भएको बताएका थिए ।

    ‘एमसीसी पारित गर्ने सवालमा मतभेद देखियो त्यो राख्नुस्, तर पार्टीलाई एकतावद्ध बनाएर लैजानु नै आजको आवश्यकता हो’ प्रचण्डको भनाइ उदृत गर्दै उनले आफूहरु पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि नगरेको बताएको जनाए ।

    ‘पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि गरेको होइन तर बाहिर गए हुन्छ भनेपछि, हामी पार्टिमा बस्नु नपर्ने जस्तो, बाहिर जानु पर्ने जस्तोस्थिति त्यो प्रस्तुतिले दिएको’ उनले प्रचण्डसँग बताएका थिए ।

    त्यसअघि सोमबार एमसीसीबारे पार्टी धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’

    महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए ।

    ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ’ उनले भनेका थिए ।

    प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । जसलाई नेता श्रेष्ठको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

    ‘अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठ निकट एक नेताले भने ।

    तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताए । आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठकमा नेता श्रेष्ठ पक्ष कडा रुपमा प्रस्तुत हुने र त्यहाँबाट पार्टीमा रहने वा नयाँ विकल्पबारे अघि बढ्ने निस्कर्षमा पुग्ने तयारी छ ।

    प्रचण्ड तनाव !

    पार्टी भित्रको विवाद जारी रहँदा प्रचण्डलाई अर्को तनाव थपिएको छ । माओवादी जनयुद्धमा आफ्नो साथमा रहेका नेत्रविक्रम चन्द विप्लवले प्रचण्डलाई थप तनाव दिएका छन् ।

    हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहेका विप्लवले प्रण्डले हरिसिद्धी पुगेर फकाउने प्रयास गरेका नेता श्रेष्ठसँग बुधबार बिहान छलफल गरेका छन् । त्यसक्रममा विप्लवले राजनीतिक सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

    नेकपा एमालेसँग एकता गरेर नेकपा हुँदै पार्टी पूरानै अवस्थामा फर्कदा सांगठनिक रुपमा प्रचण्डलाई ठूलो घाटा लागेको छ । रामबहादुर थापासहितका वरिष्ठ नेताहरुले एमाले रोजेपछि र माओवादी तर्फ मतदाता र कार्यकर्ताको आकर्षण घटिरहँदा महत्वपूर्ण नेता श्रेष्ठ सहितको समूह कतै आफूबाट टाढिने पो हो कि भन्ने त्रास प्रचण्डमा छ । यस्तोमा विप्लवले नेकपा एकीकृत समाजवादीमा एमसीसीको सवालमा असन्तुष्ट देखिएका झलनाथ खनाल र एमालेमा असस्तुष्ट भीम रावललगायतसँग समेत छलफल गरेर अघि बढ्ने विषयहरु बाहिरिदा प्रचण्ड थप तनावमा परेका छन् ।

    तर, प्रचण्ड निकटका कतिपय नेताहरुले भने प्रचण्ड अभिव्यक्तिमा चुकेको भए पनि त्यसलाई नेता श्रेष्ठले भागवण्डाको हतियार बनाएको तर्क गर्छन् ।

    ‘असन्तुष्टिलाई पार्टीको बैठकमा राखेर अघि बढ्नु पर्नेमा समस्यालाई बाहिर उजागर गरेर उहाँले बार्गेनिङ गर्न खोज्नु भएको छ’ प्रचण्ड निकटका एक नेताले आरोप लगाए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने
    १0 घण्टा अघि

  • २

    बडीमालिका मन्दिरमा भदौ १ देखि मेला, मुख्य पूजाअघि नै दर्शनको व्यवस्था
    ११ घण्टा अघि

  • ३

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा
    १२ घण्टा अघि

  • ४

    ट्रकमा लुकेर विमान बदलेको स्वीकारे ट्रम्पले
    १३ घण्टा अघि

  • ५

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
    १३ घण्टा अघि

  • ६

    चलिरहेका उद्योग बचाउन पनि सरकार गम्भीर बन्नुपर्छ: कुलमान घिसिङ
    १३ घण्टा अघि

  • ७

    आफ्ना ५ सन्तानको उपस्थितिमा रोनाल्डोले गरे जर्जिनासँग बिहे
    १३ घण्टा अघि

  • ८

    राष्ट्रिय सभाको बैठक बस्दै
    १४ घण्टा अघि

  • ९

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर
    १९ घण्टा अघि

  • १०

    भ्रष्टाचार रोक्न अपराधीलाई कोर्रा हान्ने कानुन बनाउन राईको माग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा
    २

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ३

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

    नेपाल नक्सा
    ४

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ५

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

    नेपाल नक्सा
    ६

    स्वास्थ्य बीमा बोर्डको अनुगमन कमजोर, ४१ जिल्लामा वर्षभरि पुग्न सकेन टोली

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution