• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

२ घण्टा अघि
२

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

२ घण्टा अघि
३

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

३ घण्टा अघि
४

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

४ घण्टा अघि
५

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

४ घण्टा अघि
६

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

५ घण्टा अघि
७

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

५ घण्टा अघि
८

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

५ घण्टा अघि
९

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

६ घण्टा अघि
१०

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

७ घण्टा अघि
११

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ दिन अघि
१२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (३ साल अघि)

बँदेल सिकारमा गएनन् नेपाली

  • 5,233 Views
  • बाग्लुङ , २८ मंसिर । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्षित गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।

    यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

    “पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उनले भने, “अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी र पहल गर्नुपर्ने देखिन्छ ।”

    बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।

    नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उनको भनाइ छ ।

    “बँदेलले किसानको खेतीबाली खाइदिन्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, कँडेलले भने, “वैधानिकरुपमा सिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।”

    विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने कँडेल बताउछन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिकरुपमा सिकारका लागि नपुगेको स्थितिमा विभागले पहिलोपटक नेपालीलाई लक्ष्य गरी बँदेलको सिकार खुला गरेको थियो ।

    विभागले बँदेलसँगै नाउर र झारलका लागि गत भदौमा बोलपत्र खुलाएको थियो । जसमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । आरक्षका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानाडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए ।

    कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । नाउर र झारल सिकारका लागि विदेशी पेसेवर सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलले अर्को वर्षदेखि विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए ।

    नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्छ । आरक्षका सातवटै सिकार ब्लकमा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ब्लकमा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए ।

    बँदेलको सिकार खुलाउन कम्पनीले माग गर्दै आए पनि यो पटक सिकार हुन नसकेको उनको भनाइ छ । सिकारको अनुभव बटुल्नका लागि पनि नेपाली बँदेल सिकारमा आकर्षित हुनसक्ने थापाले बताए । नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ छ ।

    विदेशी हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ ।

    आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

    बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।

    सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    २ घण्टा अघि

  • २

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    २ घण्टा अघि

  • ३

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    ३ घण्टा अघि

  • ४

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    ४ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    ४ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    ५ घण्टा अघि

  • ७

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    ५ घण्टा अघि

  • ८

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    ५ घण्टा अघि

  • ९

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ६ घण्टा अघि

  • १०

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution