
काठमाडौँ । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार जनाको शव आधार शिविर (बेस क्याम्प)मा ल्याइएको छ। प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले निकै जोखिमपूर्ण अवस्थाबीच शवहरू सुरक्षित रूपमा तल झारेको हो।
आधार शिविरमा ल्याइएका शवमा निम्सदाइ पुर्जा, निमा शेर्पा, चिनियाँ पर्वतारोही झोङ वाङ र किलु शेर्पा रहेका छन्। उद्धार टोलीमा नेपाली र पाकिस्तानी पर्वतारोहीहरू सहभागी थिए। टोली बुधबार बिहान केही घण्टाको प्रयासपछि शव रहेको स्थानमा पुगेको थियो।
उद्धार टोलीका अनुसार बारम्बार हिमपहिरो जाने जोखिमपूर्ण क्षेत्रमा गरिएको यो अभियान हालसम्मकै कठिन उद्धारमध्ये एक हो। खराब मौसमका कारण शवहरू अहिले आधार शिविरमै राखिएको छ। मौसम सुधार भएपछि हेलिकोप्टरमार्फत स्कर्दु लगिने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।
निम्सदाइको परिवारले उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ। साथै, उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न सरकारसँग माग पनि गरिएको छ। गत बिहीबार ब्रड पिकमा आएको भीषण हिमपहिरोमा १० जना पर्वतारोहीको मृत्यु भएको थियो। अझै एक नेपाली र एक पाकिस्तानी पर्वतारोहीको अवस्था बेपत्ता रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे