
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको थियो।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९७ प्रतिशतले मात्र बढी हो। यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा रहेको विवरणमा उल्लेख छ।
यस अवधिमा बैंकको चुक्ता पुँजी पनि वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँ रहेको चुक्ता पुँजी बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा तथा अन्य जगेडा कोषसमेत गरी बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप संकलन ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह १०.३७ प्रतिशतले वृद्धि भई २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको कुल सम्पत्तिको आकारसमेत ५.५३ प्रतिशतले बढेको छ। गत असारसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे