
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा पाँच वटा महत्वपूर्ण विधेयक र समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावना छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐनसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
कानुनमन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीको तलब, सेवा र सुविधासम्बन्धी संशोधन विधेयक पेस गर्ने कार्यक्रम छ। उद्योगमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक ल्याउनेछिन्। सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन नियन्त्रणसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्नेछिन्। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी संशोधन विधेयक सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे