
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै संसद् बैठकमा मौन विरोध जनाएका छन्। उनले सरकारको ध्यानाकर्षण गराउन दिनभरि सदनमा उभिएर बस्ने घोषणा गरेका हुन्। यादवले ढल्केबरमै ट्रमा सेन्टर बन्नुपर्ने भन्दै योजना हटाइएको विषयमा अर्थमन्त्री वा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।
सांसद उभिएपछि सभामुख डीपी अर्यालले संसद्को मर्यादा कायम राख्न भन्दै बस्न आग्रह गरे। तर यादवले आफ्नो माग पूरा नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन्। उनले जनताको आवश्यकता पूरा गर्न सरकारले उक्त योजनालाई निरन्तरता दिनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे