
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले अहिले प्रदेश सरकारमा नजाने निर्णय गरेको छ। बिहीबार दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सरकार गठनको दौडमा सहभागी नहुने र कुनै सत्ता समीकरणमा नजोडिने निर्णय गरेको हो।
बागमती प्रदेशमा कांग्रेससँगको गठबन्धन तोडेर एमाले र नेकपाले नयाँ सरकार बनाउन लाग्दा राप्रपासँग पनि सहयोग मागिएको थियो। तर राप्रपाले सरकारमा सहभागी नहुने अडान दोहोर्याएको छ। यसअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि यही निर्णय गरेको थियो। प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णयलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। हाल बागमती प्रदेश सभामा राप्रपाका १२ जना सांसद छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे