
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको शुक्रबारका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको छ। अब उक्त बैठक आगामी बुधबार दिउँसो १:१५ बजे बस्ने भएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक साउन २७ गते बुधबारका लागि सारिएको जानकारी दिइएको छ। यसअघि बैठक साउन २२ गते शुक्रबार दिउँसो १:१५ बजे बस्ने तय भएको थियो।
राष्ट्रिय सभा नियमावली, २०७५ अनुसार अध्यक्षले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिवालयले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे