
काठमाडौँ । रूकुम पश्चिममा प्रहरीको थुनुवा बोक्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटरसाइकलको पछाडि बसेका थिए। मोटरसाइकल चालक २० वर्षीय गणेश शाहीको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार बेलुका मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा कारागारको भ्यान र मोटरसाइकल ठोक्किएका थिए। भ्यान चालक ५१ वर्षीय टेकबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कारागारको गाडी थुनुवालाई अदालतमा बयान गराएर फर्कने क्रममा दुर्घटना भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे