
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मतका लागि सरकारले छुट्याएको २ करोड रुपैयाँ फिर्ता गरेका छन्। सरकारले बीपी कोइरालाको जन्मघर मर्मत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत उक्त रकम बजेटमा राखेको थियो। शेखरले बजेट उपलब्ध गराएकोमा सरकारलाई धन्यवाद दिँदै रकम स्वीकार गर्न नसक्ने बताएका छन्।
उनले देशमा धेरै नागरिक अभाव र समस्यामा रहेकाले सरकारी स्रोत उनीहरूको आवश्यकता पूरा गर्न प्रयोग हुनुपर्ने बताए। जनताको हितलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले कोइराला निवास मर्मतका लागि छुट्याइएको रकम फिर्ता गरेको जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे