
काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकबारे छलफल र प्रक्रिया अघि बढाउने तयारी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ सभामा पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१’ को पुरानो व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयकबारे प्रतिनिधिसभाबाट आएको सन्देश सभामा जानकारी गराउनेछन्।
त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३’ माथि छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे