
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य २ सय ६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे