• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ४, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

३ घण्टा अघि
२

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

४ घण्टा अघि
३

बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

२ दिन अघि
४

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

२ दिन अघि
५

अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

२ दिन अघि
६

बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने

३ दिन अघि
७

चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

३ दिन अघि
८

ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम

३ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

३ दिन अघि
१०

क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव

३ दिन अघि
११

करदाता प्रोत्साहन कार्यक्रम: भदौ महिनाका विजेता सार्वजनिक

३ दिन अघि
१२

एक वर्षमा सर्वोच्चमा तीन पटक आगलागी, महेश बस्नेतले उठाए प्रश्न

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन ४, आईतबार (४ घण्टा अघि)

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

  • 429 Views
  • काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न नौ स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र विस्तार गर्न स्थानीय तहहरूबीच समझदारी भएको हो।

    रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी तथा श्रमिकसँगै अस्पताल जाने बिरामी र आन्तरिक तथा बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

    समझदारीपत्रमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले हस्ताक्षर गरेका छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

    साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा समझदारी भएपछि रात्रिकालीन बस सेवालाई विभिन्न छवटा मार्गमा विस्तार गर्दै ३० वटा बस सञ्चालनमा ल्याइएको छ। विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्मको मार्गमा बस सञ्चालन हुनेछ।

    त्यसैगरी, साविक लगनखेल–बूढानीलकण्ठ मार्गलाई विस्तार गरी गोदावरीसम्म पुर्‍याइएको छ। रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा गरी आठवटा बस सञ्चालन हुनेछन्। कीर्तिपुर–जमल मार्गमा चार, टाखेल–ठमेल मार्गमा दुई तथा साविक नागढुंगा–विमानस्थल मार्गमा चारवटा बस सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत सेवाको पहुँच विस्तार गर्ने क्रममा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप विकास र विस्तार गरिएको बताइन्।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात व्यवस्थापन सुधारका लागि सङ्घीय सरकारले मेट्रो रेल सञ्चालनको योजना अघि बढाउनुपर्ने भए पनि त्यसतर्फ अपेक्षित पहल हुन नसकेको बताए। मेट्रो सञ्चालन नभए बस र्‍यापिड ट्रान्जिट प्रणाली विकास गर्नुपर्नेमा त्यसतर्फ पनि ठोस पहल नदेखिएको उनको भनाइ थियो।

    सङ्घीय सरकारबाट पर्याप्त पहल नभएको अवस्थामा स्थानीय तहले आफ्नो स्तरबाट सञ्चालन गर्न सकिने यातायात प्रणालीमा सहकार्य सुरु गरेको महर्जनले बताए। रात्रिकालीन बस सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले यसको विकास र विस्तारलाई निरन्तरता दिने उनले उल्लेख गरे।

    साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहलाई संस्थाको अभिभावकका रूपमा आबद्ध गर्न पाउनु साझा यातायातका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

    यसअघि गत वैशाख १ गतेदेखि लगनखेल–बूढानीलकण्ठ र नागढुंगा–विमानस्थल मार्गमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमुना रात्रिकालीन सेवा सञ्चालन गरिएको थियो। उक्त सेवाको प्रभाव, मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणपछि नाफा–घाटाभन्दा नागरिकलाई उपलब्ध गराइने सेवा महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो।

    रात्रिकालीन बस सेवा सञ्चालन गर्दा यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले खर्च धान्न नसकेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्ने सहमति गरिएको छ। बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तहको जनसङ्ख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ–नौ प्रतिशतका दरले व्यहोर्ने व्यवस्था गरिएको छ।

    यसैबीच, टिकट बिक्रीमा हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकट प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। यात्रुले क्यूआरमार्फत भुक्तानी गर्न वा नगद दिएर पनि टिकट लिन सक्ने व्यवस्था गरिएको छ। टिकट बिक्रीमा हुने चुहावट नियन्त्रण भएपछि रात्रिकालीन बस सञ्चालनबाट हुने घाटा रकमसमेत घट्ने अपेक्षा गरिएको छ।

    साझा यातायातमा नेपाल सरकारको तीन अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा रहेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र
    ३ घण्टा अघि

  • २

    काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध
    ४ घण्टा अघि

  • ३

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
    २ दिन अघि

  • ४

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला
    २ दिन अघि

  • ५

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल
    २ दिन अघि

  • ६

    बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने
    ३ दिन अघि

  • ७

    चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो
    ३ दिन अघि

  • ८

    ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम
    ३ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
    ३ दिन अघि

  • १०

    क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

    नेपाल नक्सा
    २

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    ३

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

    नेपाल नक्सा
    ४

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

    नेपाल नक्सा
    ५

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ६

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution