
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सम्बन्धबारे छलफल भएको हो।
भेटमा दुवै नेताले नेपाल र भुटानबीच रहेको राम्रो सम्बन्धलाई अझ बलियो बनाउने विषयमा विचार आदानप्रदान गर्नुभयो। साथै, दुवै देशको साझा चासोका विषयमा आगामी दिनमा थप सहकार्य गर्नेबारे पनि कुराकानी भयो।
भेटवार्तामा जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् बढ्दै गएको विषयले पनि प्राथमिकता पाएको थियो। नेपाल र भुटान दुवै हिमाली तथा पर्वतीय देश भएकाले जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न मिलेर काम गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्। विशेषगरी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहकार्य बढाउने विषयमा छलफल भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे